क्वालालम्पुर मलेसिया / गत बर्ष मात्र स्थापित भएको जनउद्धार केन्द्र पेनाङ मलेसियाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज विशेष कार्यक्रमकाबीच आफ्नो प्रथम बार्षिकोत्सव सम्पन्न गरेको छ ।

विभिन्न कारणले मलेसियाका जेलमा परेर तोकेको सजाय पूरा गरि घरफिर्ती केन्द्र (डिटेन्सन क्याम्प) मा आर्थिक अभाव झेलिरहेका नेपाली कामदारको उद्वार तथा विरामी भएर वा अन्य विभिन्न कारण समस्यामा परेका नेपालीलाई सहयोग तथा उद्धार गर्दै आएको केन्द्रले महिलाहरुको महान चाड हरितालिका तिज विशेष दर खाने कार्यक्रमकाबीच प्रथम बार्षिकोत्सव मनाएको हो ।

जनउद्धार केन्द्र मलेसियाले मनायो प्रथम बार्षिक उत्सब

कार्यक्रममा पेनाङ आसपासका नेपाली व्यावसायी, समाजसेवी, कलाकार, महिला दिदीबहिनी तथा सर्बसाधारण कामदार गरि करीब १५० जनाको हाराहारीमा उपस्थिति थियोे । कार्यक्रमलाई स्थानीय कलाकारहरुको प्रस्तुतीले मनोरञ्जनात्मक बनाएको थियो ।

जनउद्धार केन्द्र मलेसियाले मनायो प्रथम बार्षिक उत्सब

कार्यक्रममा बोल्दै जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले स्थापनाको छोटो समयमै थुप्रै नेपालीको उद्वार गर्न सकेकोमा खुसी व्यक्त गर्दै केन्द्रका हरेक कार्यमा सहयोग पु¥याउने नेपाली राजदुतावास मलेसिया, संचारकर्मी तथा सहयोगी हातहरुलाई विशेष धन्यवाद दिए । उनले आगामी दिनहरुमा समेत यस्तै साथ सहयोग पाउनेमा आफु आशाबादी रहेकोसमेत बताए ।