आजकाल सिंहदरबार गेटमा दिनदिनै रमिता छ । जेन–जीका नाममा अवाञ्छित समूूह र व्यक्तिहरुले अराजकता मच्चाउन थालेपछि सरकार कठोर बन्न थालेको हो । नागरिकको धनजन र शान्ति सुुरक्षाको जिम्मा लिएको प्रहरी कार्यालयले पनि कडाइ र निगरानी बढाइरहेको छ । गृह मन्त्रालयले अराजकता सिर्जना गर्ने कसैलाई उन्मुुक्ति नदिने विज्ञप्ती जारी गरेको छ ।
मानिस व्यस्त भए आफ्नो काम सोझ्याउन बाहेक फुुर्सद हुुने थिएन । यहाँ काम नगरी ठुुल्ठुुला गफ हाँक्ने जमात छन् । कति गफैले पालिएका पनि होलान् । अरु त अरु पहिला पहिला गाउँ सुुरक्षित थिएन तर अहिले शहर सुुरक्षित छैन । देशको मुुटुु काठमाडौंको सिंहदरबार वरिपरिको क्षेत्र निषेघित क्षेत्र हो । यहाँ हुुल अर्थात् भिड गर्न पाइँदैन । यतिखेर जेन–जीका विभिन्न धार प्रदर्शन आदि कार्यमा लागेका कारण उनीहरुको समूूह र प्रहरीबीच धकेलाधकेलको अवस्था छ । यसो हुुँदा पैदल बाटो हिँड्ने यात्रुुहरु त समस्यामा परे परे सवारी साधनसमेत लामो समय जाममा पर्ने गरेका छन् ।
शासन भनेको शक्ति अर्थात् शक्ति नै शासन हो । मर्यादा पालन गराउने काम लिखित मौखिक दुुवै खाले आदेशबाट पूूरा हुुने भएतापनि लिखित चाहिँ बढी प्रभावकारी हुुन्छ । कसुुरका निम्ति सजाय दिइने लिखित अधिकार आज्ञा वा आदेश सरकारको जिम्माभित्र पर्छ । अर्को भाषामा सरकार भनेको नियम हो । नागरिकलाई कानुुनी घेराभित्र राख्ने अधिकार सरकार अर्थात् शासक वा शक्तिलाई हुुन्छ ।
हाम्रो घर घरजस्तो हुुन अभिभावकको अहम् भूूमिका हुुन्छ । त्यस्तै, देश अर्थात् सिङ्गो राष्ट्र हाम्रो संयुुक्त घर हो, परिवार हो । सीमानाको बाँध माटो (प्रकृति)लाई धर्तीमाता भनेर पूूजाआजा पुुकार्छौँ । प्रत्येक बिहानी सूूर्योदयमा जल चढाएर शुुभ दिनको प्राथना गर्छौँ । यस्ता कुनै अभिभावक होलान्, जो आफ्ना सन्तानको ख्याल नगर्ने/नराख्ने ? छोराछोरी बढेर पढेर आफ्नो सीपमा बाँच्न सकुुन् । सानो–साँघुुरो र धमिलो सोचभन्दा माथि उक्लेर अझै बढी उन्नती प्रगति तर्फ लम्किउन् ।
मानिसको जनजीवन चल्न अर्थ संसार नभइ सम्भव छैन । घरभित्रदेखि बाहिर कतै नाफा हुुन्छ, कतै घाटा । नाफाले प्रगति देखाउँछ भने घाटाले थप मिहिनेत गर्नुुपर्ने स्थिति औल्याउँछ ।
नेपालमा पछिल्लो समय ‘जेन–जी’को उदय भयो । प्रविधिले फड्को मारेको दुुनियामा र एउटा मोबाइलभित्र संसार अटेको आभास भइरहेको बेला सरकारबाट सामाजिक सञ्जाल फेसबुुक बन्द गरियो । बन्द सञ्जाल खुुलाउन युुवा पुुस्ताले शान्तिपूूर्ण जुुलुुससहित माइतीघर मण्डला पुुग्ने कार्यक्रम तय थियो । अन्ततः त्यो तयारी हिंसामा परिणत भयो । भदौ २३/२४ गते तहसनहस त्यो घाउ अझै आलै छ । कति घाइतेहरु अस्पतालको वेडमा छट्पटाइरहेका छन् ।
आन्दोलनको असर सरकार परिवर्तन भयो । आखिर सर्वसाधारण नागरिकलाई कुुन उपलब्धी भयो र ? कृषि प्रधान देशमा अनाज उत्पादन नहुुँदा महँगी बढ्दो छ । पलायन दर नघट्दा एकातिर मलिलो जमिन बाँझो हुुँदै गयो भने अर्को जनसंख्याको ठुुलो भिड शहर वा विदेश केन्द्रित भयो । समस्याको गाँठो फुुकाउन सकसभित्र सकस छ । अस्थिर राजनीतिक प्रणालीले निम्त्याएको धुुवाँको मुुस्लोभित्रबाट कसरी सास फेर्नुु ? उकुुसमुुकुुस मन नेपालआमालाई सम्झेर बाटो हिँड्दै थिएँ, प्रमिलासँग मेरो भेट भयो ।
नजिकै सटर खुुला थियो । नियाल्दा कारखाना हो कि ? यस्तै आभास भयो । पेटीमा उभिएको ठेलागाडी प्रमिलाको रहेछ । मेरो मन अझ उनीतिरै लम्क्यो, तन्कियो । त्यहाँ सामान धेरै थिएनन् तर मैले ठेलागाडी भरिएको देखेँ । बहिनीको घर कहाँ हो ? प्रमिलालाई यो प्रश्न नसोधि मलाई चित्त बुुझेन ।

“मेरो घर भोजपुुर हो । माइती पनि उतै । हाम्रो ठाउँ याँबाट टाढा छ, त्यो घोरेटार नामको गाउँ । पहिला गाडी नचल्दा त दुुर्गम नै हो तर अहिले सडक सञ्जाल बनेको कारण आवतजावत सहज भको छ ।” सटरभित्र बस्ने मानिस प्रमिलाका श्रीमान् हुुन् भनेर पत्तो पाउन समय लागेन । अघि भर्खर कारखानाजस्तो देखिएको त्यहाँ सुुन चाँदीका गरगहना बनाइदो रहेछ । सो–केस छेउमा ओछ्याएको मुुढातिर इसारा बढाउँदै ‘हजुर यता बस्नुु न’ प्रमिलाले भनिन् । मिठो बोल्ने उनी मलाई निकै परिपाठे ! जस्तो लाग्यो ।
प्रमिलाका श्रीमान्ले बताए अनुुसार गाउँमा उनीहरुको आफ्नो नामको जमिन छ, घर छ, खेतबारी नै छ । माटोमा खट्न सके उब्जाउ पनि हुुन्छ । पानीको स्रोत दुुःख छैन । घर नजिकै गाडी पुुग्छ । त्यो समय पढ्न अनुुकूुल वातावरण नभएको कुुरो बुुझ्न मलाई समय लागेन । दिपक शंकरको घर नजिकै रहेछ, प्रमिलाको माइती घर ।
“न्यूूरोड भनेको सुुनबजार नै हो । मलाई पसलबाट कामको जिम्मा आयो भने गर्छुुुु । हामीले बनाएका गहनाको सजावट हो न्यूूरोडमा देखिने सुुन । यहाँ लोकल मानिसहरु आउनुु हुुन्छ, घरभाडा सस्तो हुुनाले कम ज्यालामा गहना तयार हुुन्छन् तर प्रायः मानिसलाई हतार हुुनाले भन्नासाथ चाहिन्छ । आफूूसँग लगानीको स्रोत भए डिजाइन–डिजाइनका गहना बनाएर राख्न नसकिने हैन, सकिन्छ ।”
प्रेम विवाह हो ? बुुझ्दा हो रहेछ । नयाँ दुुलहीले घरमा कति खट्नुु पथ्र्यो ? मैले दोस्रो प्रश्न प्रमिलातिर पठाएँ । “मेरो बिहे हुुँदा घरमा दश जनाको जहान थियो । मलाई भित्राएपछि मेरो श्रीमान् घर बस्न भ्याउनुु भएन । आफूूले छोराछोरी हुुर्काउनुु साथै खेतबारीको काम पनि भ्याउनुु प¥यो । गाउँमा बसेर केही गर्दिन भन्दा पनि टन्नै काम हुुन्छ । त्यसमाथि हामी खेतबारी हुुने परिवार प¥यौँ । समयमा समयलाई नछोपे वर्षभरि खाने अन्न कसरी भण्डारण हुुन्थ्यो ?”
यहाँ कस्ता किसिमका गहना बनाउनुु हुुन्छ ? सर्वप्रथम यो सीप कहाँबाट सिक्नुु भयो ? मैले दिपकलाई सोधेँ । “म सबै डिजाइनका नेपाली गहना बनाउँछुु । पढाइको कुुरा अघि भनेँ जम्मा दुुई कक्षा पास हुुँ । पढेर भन्दा पनि परेर जानेको सीप छ, मसँग । काठमाडौं आउनुु अघि म धेरै वर्ष सुुनसरीको धरान बसेँ । मैले कामको श्रीगणेश त्यहीँ शहरबाट गरेको हुुँ । हाम्रो बिहे पश्चात् घरमा प्रमिलाले धानेपछि मलाई काममा सजिलो भयो ।”
सुुनको दामले यतिखेर आकाश छुुन लागेको छ । तै पनि पसलमा खुुट्टा राख्ने ठाउँ पाइदैन । अझ, बिहेको सिजनमा त्यो पहेलो धातुु कति बिक्छ, कति । मान्छेसँग पैसा कति छ, जहाँ पनि धनकै कुुरो आउछ । सुुन भन्नासाथ मलाई न्यूूरोडको झल्को त्यहाँको बजारलाई सुुनबजार भन्न मन लाग्छ, मैले भनेँ । यहाँ कतिको चल्छ ? “न्यूूरोड भनेको सुुनबजार नै हो । मलाई पसलबाट कामको जिम्मा आयो भने गर्छुुुु । हामीले बनाएका गहनाको सजावट हो न्यूूरोडमा देखिने सुुन । यहाँ लोकल मानिसहरु आउनुु हुुन्छ, घरभाडा सस्तो हुुनाले कम ज्यालामा गहना तयार हुुन्छन् तर प्रायः मानिसलाई हतार हुुनाले भन्नासाथ चाहिन्छ । आफूूसँग लगानीको स्रोत भए डिजाइन–डिजाइनका गहना बनाएर राख्न नसकिने हैन, सकिन्छ ।”
प्रमिलाले पढेकी छैनन् तर अभ्यास उनको दैनिकी हो । काँटामा उनीएको धागो खोलाउदै मुुस्कानी भाषा उनी बोल्न थालिन्– “मलाई फोन म्यासेन्जर दुुवैमा कुुरा गर्न आउछ तर नम्बर डायल गर्न चै खेताला चाहिन्छ । कोहीबेला श्रीमान्ले सहयोग गर्नुुहुुन्छ, नत्र नानीहरु छन् । यो बुुन्दै गरेको टोपी चाडै सक्नुु छ, एक जनाले भन्नुु भो र सुुरु गरेकी । उहाँको फोन नआउदै बिट मार्न पाए आफूूलाई नि हल्का हुुने थियो ।”
गाढामा तरकारी व्यापार भन्दा बरु खुुरुखुुरु टोपी गलबन्दी बुुन्दा बिक्थ्यो होला नि ? सुुइटर बुुन्न पनि आउदो हो, मैले सोधेँ । जाडो सुुरु हुुन लागेको मौसम न्यानोको व्यापार अपार हुुने समय जो नजिकिँदो थियो । मलाई सुुनेर प्रमिला तत्काल केही बोलिनन् अर्थात् कुुरो गमिन् । “मलाई घर मै कति काम हुुन्छ । व्यापारमा धुुन भएको दिन आउछुु नत्र आउदिनँ । यता काम छ, भनेपछि च्यासल कोठामा एक्लै बस्नुु पर्दैन । तन मन अर्पेर काम गर्ने समय हो तर कहिलेकाहीँ बाहेक फुुर्सद हुुँदैन ।”
छोराछोरी कति जना हुुन् ? पक्कै साना छैनन् । पढाइ लेखाइ सके कि के गर्दै छन् ? “हाम्रा दुुई छोरा दुुई छोरी छन् । उनीहरुले हामीले सोचेजसरी चै पढेनन् तर गरिखाने भए । जेठी छोरी काम गर्छिन् । कान्छो छोरो धडकन एघार पढ्दैछ र समय मिलाएर ऊ आफ्नो बुुवासँग काम पनि सिक्दैछ । हाम्रो घरको जेन–जी (कान्छो छोरो) साथीहरुसँग हिँडेको थियो, भदौ २३ गतेको दिन । सरकारलाई ‘हामीलाई फेसबुुक चाहिन्छ, त्यो खुुलाइदिनुु परो’ भन्न जाने भनेर उसले बिहान हामीसँग भनो । छोरोलाई नजाँ पनि कसरी भन्नुु ? था’छ, बाबुु र उसका साथीहरु कसैको कर दबाबले र धेरै ठुुलो योजना बोकेर हिँडेका थिएनन् तर दिउँसो समाचार सुुन्दा बानेश्वरमा गोली चलेर मान्छे मरेको खबर आयो । हामी निकै आत्तियौँ र डरायौँ पनि । एकै छिनमा आउँछुु भनेर हिँडेको छोरो घर नफर्केसम्म मेरो हातमा काम आएन ।” प्रमिलाले दर्दनाक त्यो भदौ २३ गतेको स्मरण गरिन् ।
“यो गाडाभरि सामान राखेर बस्न पाए थोरै भए पनि आफ्नो कमाइ हुुन्थ्यो । तीनकुुनेबाट सामान ल्याउन भार पनि छैन । हुुन त च्यासल बस्ने भएपछि पाटनमा नि सस्तो पाइन्छ, तरकारी साग । यो सटरको भाडा महिनाको दश हजार छ र उता फलाइटको बिस हजार । ऋण किन नहुुनुु ? यो संसारमा नाफाको जिन्दगी कसको पो होला र !”
उनलाई सुुनेर मेरा आँखा दिपक शंकरतिर पुुगे । उनीहरुको कान्छो छोरो आफ्नो आसनमा बसेर काम गरिरहेको देखेँ । हो, युवा जागर यसरी खट्नुु पर्छ ! आज सिकेको यो सीपले भोलि ठुुलो अवसर पाउछ । कहाँ होला त्यो अवसर ? खोजेर हिँड्नुु पर्दैन । अवश्य धाएर आउछ । चाडपर्वको मौसम श्रीमान् श्रीमती कै व्यापार राम्रो हुुन्छ, मैले भनेँ ।
“अहिले समय राम्रो आएन किनभने यो काठमाडौं नै सुुरक्षित भएन, पहिला गाउँमा डर हुुन्थ्यो । अब शहरतिर खतरा बढ्यो । अस्ति भर्खरको जेन–जी आन्दोलनपछि नौलो मानिस देख्यो कि कोहो ? कहाँको हो ? शंका गर्नुपर्ने कस्तो समय आयो ? पहिला पहिला त्यत्रा मान्छे हिँड्ने यो बाटो अहिले सुुनसान र ठप्प छ । पर्वको संकेत केही छैन । म त साँझ पर्नासाथ सटर बन्द गरेर हिँड्ने गरेको छुु । यहाँ बिनाकाम बत्तिको बिल चढाउन किन बस्नुु भन्ने लाग्छ” दिपक शंकरले आफ्नो धारणा व्यक्त गरे ।
ठेलागाडीमा अब सामान थप्नुु प¥यो । यहाँ नगरपालिका नआउला नि ? यो सटरको पेटीमा बस्न पाइदो हो । मैले सोध्न बाँकी यो सटरभाडा कति तिर्नुु पर्छ ? उता बस्ने ठाउँको भाडा कतिको महँगो छ ? जीवनमा ऋणको बोझ छ, छैन ? प्रमिलालाई सोधेँ ।
“हिजोआज महानगर आको छैन तर मेरो व्यापार पो औँसी पूूर्णीमा चाल छ । यो गाडाभरि सामान राखेर बस्न पाए थोरै भए पनि आफ्नो कमाइ हुुन्थ्यो । तीनकुुनेबाट सामान ल्याउन भार पनि छैन । हुुन त च्यासल बस्ने भएपछि पाटनमा नि सस्तो पाइन्छ, तरकारी साग । यो सटरको भाडा महिनाको दश हजार छ र उता फलाइटको बिस हजार । ऋण किन नहुुनुु ? यो संसारमा नाफाको जिन्दगी कसको पो होला र !”
प्रमिलाले ऋण छ, भनिन् । दिपकको भनाइ ‘थियो तर तिरियो ।’ उनीहरुले सहकारीबाट कारोबार सञ्चालन गरेको बुुझेँ । त्यहाँ व्यक्तिको कारोबारको आधारमा बिना धितो दुुई लाखसम्म ऋण पाइने रहेछ । यो प्रशंगपछि कुुरो मोडियो देशको राजनीतितर्फ । दिपकका बुुवा (भोजपुुर) कांग्रेसको राजनीतिमा सक्रिय हुुनुुभएको तर उहाँ यतिखेर वृद्ध हुुनुुभो ।
छोरामा कतिको राजनीति रङ छ ? “यहाँ आफ्नो काम आफैँले नगरी हुुँदैन । नेताहरुले छोराछोरी विदेश पठाएका छन् । आफ्ना भने सबै नेपालमै छन् । उनीहरुले रहर गरे पनि पठाउन पैसा छैन । कुुरा सुुन्दा विदेश भन्नुु मात्र खट्न झन् चर्को छ । कतिले चै राम्रो पनि गरेका छन् ।”
यहाँ मानिसले गर्ने काम असम्भव भन्ने केही छैन तर धैर्यता र लगाव हुुनुु प¥यो । प्रमिला र दिपक शंकरका छोराछोरी यस देशका असल र उदाहरणीय नागरिक बनुुन् । भोजपुुरबाट राजधानीसम्मको यात्रा आखिर छोराछोरीको भविष्य सपार्न कै लागि तय भएको थियो ।








